Logo
७ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.गिरीको पार्थिव शरिर इसाई धर्मावलम्बी जस्तो वरिपरि सेतो फूल राखिएको बाकसमा, पशुपतिमा अन्तिम संस्कार

काठमाडौँ : पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको भोलि (बुधबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय गिरीको पार्थिव शरिरलाई बाकसमा राखेर इसाई धर्मावलम्बीहरूको जस्तै वरिपरि सेतो फूल राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन काँग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी लगायत पार्टीका नेता कार्यकर्ता मङ्गलबार बुढानिलकण्ठ पुगेका छन् ।

बुधबार दिउँसोे ३ बजे पशुपतिको विद्युतीय शवदाह गृहमा गिरीको अन्त्येष्टि गरिने परिवारजनले जानकारी दिएका छन् । मंगलबार बिहान बुढानिलकण्ठ स्थित आफ्नै निवासमा डा. गिरीको निधन भएको थियो । डा. गिरीको अन्तिम संस्कारमा राजकीय सम्मान दिइने वा नदिइने कुराको आधिकारिक रुपमा टुंगो लागेको छैन ।

तर उनका परिवारले गिरीको दाह संस्कार भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने बताएका छन् । सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।
‘सलामी दिनेबारे हामीसंग सोधिएको थियो, तर, उहाँको अन्त्येष्टि साधारणरुपमा हुनेछ ।’

पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीले भनिन्- ‘विश्वका अति नै महान पुरुषहरुको अन्त्येष्टि पनि साधारण किसिमले नै हुने गरेको छ । उहाँले स्वयं नै मृत्युपूर्व आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिनु भएको थियो ।’ उनले भनिन्– ‘सामान्य किसिमले गर्नु भनेर लेखेर राखिदिनुभएको थियो, तर्सथ यसमा कुनै दुई मत नै भएन’ ।

पारिवारिक स्रोतका अनुसार गिरीको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिनेछ । मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएका गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनकै निवासमा राखिएको छ । शुभेच्छुकहरुले त्यहाँ पुगेर श्रद्धासुमन अर्पण गरिरहेका छन् ।

 

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्