Logo
११ बैशाख २०८१, मंगलबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गज्जवको संयोग : एयरपोर्टमा विदेशबाट श्रीमान ओर्लिनु र गुल्मीमा परपुरुषसँग श्रीमती समातिनु

गुल्मीमा एउटा बडो गज्जवको संयोग परेछ । विदेशबाट श्रीमान विमानस्थलमा ओर्लिनु र श्रीमती परपुरुषसँग रंगेहात पक्राउ पर्नु एकैपटक परेको हो । गुल्मीको एक गाउँमा श्रीमती भने परपुरुषलाई बोलाएर गाउँवासीबाट घरमै समातिनु र श्रीमान विमानस्थलबाट घर फर्किने तयारीमा रहनु एकैपटक परेको हो ।

फेसबुकबाट लभ चक्कर चलाएका तनहुँ जिल्ला व्यासा नगरपालिका–१० का प्रकाशकुमार जिसी नाम थर बताउने वास्तविक थर भने परियार रहेका प्रकाश गुल्मी बलिथुमकी विदेश श्रीमान भएकी एक महिलासँगै समातिएका हुन् । गत ६ महिनादेखि उनीहरु फेसबुकबाट लभ चक्करमा परेका थिए । फेसबुकको चक्करसँगै प्रकाश भेट्न भनि आईतबार महिलाको घर आएका थिए । घरमा एक्लै बसेकी ती महिलालाई घरभित्र अभद्र व्यवहार गर्न लागेको बेला स्थानीय युवाले समातेका थिए ।

गाउँवासीले निजलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको र निजलाई हिरासतमा लिई अदालतमा मुद्दा दायर गरिएको सो कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए । गाउँवासीले विकलाई समातेर उनको मोबाईलमा रहेका फोन नम्वरहरुमा फोन गर्दा दर्जनौं महिलाहरुले उठाउने गरेको र आफूहरुलाई पनि लभ चक्करमा फेसबुकबाटै फसाएको उनीहरुको आरोप छ ।

निजले महिलाहरुसँग लभ चक्कर चलाउने र लाखौं रकम महिलाहरुबाट ठग्ने गरेको उनको फेसबुकबाट खुलेको वलिथुमका युवाहरु बताउँछन् । उनले धरान, झापादेखि विभिन्न जिल्लाका लाहुरे तथा विदेशमा श्रीमान भएका महिला र युवतीहरुसँग पछिल्लो एक बर्षमै १३ तोला सुन र ४ लाख रुपैयाँ फसाएको कब्जा गरिएको मोबाईलबाट अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

बलिथुमकी ती महिलाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी गरेपछि पक्राउ परेका विकविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताए । उनले प्रकाश कुमार जिसी नाम बताए पनि उनी विश्वकर्मा रहेको खुलेको खड्काले जानकारी दिए ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्