Logo
४ बैशाख २०८१, मंगलबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको स्थायी कमिटीको आजको बैठक सम्पन्न : यस्तो भयो छलफल

काठमाडौ : राजधानी काठमाण्डौ स्थित जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गर्नुभयो ।

सोमबारको बैठकमा १० सदस्यले धारणा राख्दै सरकार र पार्टी नेतृत्वका काम सन्तोषजनक नभएको भन्दै असन्तोष व्यक्त गरेका थिए । गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समाविष्ट छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएको छ । बैठक बुधबार बिहान ८ बजे पुनः बस्नेछ ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्