Logo
७ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सँधैको शत्रु चीनसंग लड्न इण्डियालाई हातमा नलिइ नहुने बाध्यता

तार्किक क्षमतावान राजनीतिज्ञ मानिने भरत दाहल प्रचण्डले नेतृत्व गरेको पूर्व माओवादी नेता हुन् । उनले उक्त पार्टी छोडेको करिव डेढ दशक भएको छ । हाल उनी नेकपा, सरकार र उक्त पार्टीले गरेका हरेक निर्णयहरुको बारेमा खुलेर आलोचना गर्ने गरेका छन् । यसै सन्दर्भमा उनले भर्खरै समाजिक सञ्जालमा पोष्ट गरेको लेखले राजनीति बजार निकै तताएको छ । यस्तो छ उनको लेख :

भरत दाहाल

पश्चिमा देशहरूले नेपाललाई इण्डियन आँखाले हेर्ने गरेको भन्ने भ्रम रहेको छ । नेपालमा । वास्तविकता के हो भने तिनीहरू इण्डियामार्फत् खेल्ने गर्दै आएका छन् । यो रणनीति अपनाउनुको बाध्यता थियो -‘नेपालसंग रहेको भौगोलिक दूरी र यसका २ छिमेकीहरूमध्ये सँधैको शत्रु चीनसंग लड्न इण्डियालाई हातमा नलिइ नहुने बाध्यता ।’ तर, अब यो अवस्था पनि अन्त्य हुने दिशामा छ।

अहिले अमेरिका तथा चीनका बीचको छदम युद्ध उत्कर्षमा छ । इण्डियाले चीन विरोधी अमेरिकी रणनीतिलाई युद्धस्तरमा हुबहु साथ दिनसक्ने ग्यारेन्टी छैन । पश्चिमाहरूको जालमा नफस्न इण्डियनहरूमाथि रूसले ठूलो दबाब दिइरहेको छ । स्वयं अमेरिकाले INGOहरू र सिआईएको प्रयासमा आफै काम गर्न सक्ने गरी नेपालको कथित बौद्धिक वृत्तमा ठूलो जत्था बनाइसकेको छ ।

चीनसंग युद्ध नै हुने हो कि भन्ने वातावरण बन्दै गएको अवस्थामा अमेरिका इण्डियामाथि निर्भर भएर काम गर्न पनि सक्दैन । लामो गृहकार्यपछि माधव नेपालको अग्रसरतामा माफिया मुन गिरोहको सम्मेलन गराएर नेपालमा आफ्नो शक्तिको प्रदर्शन र जासुसहरूको केन्द्रिकरण गरेर जबर्जस्त अस्तित्वको संकेत दिन खोजेको हो । यसपछि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका बोलाइएका छन् ।

प्रदीप ज्ञवालीको भ्रमणका पछाडि अमेरिकी रणनीतिलाई नेपालमा कसरी सुदृढ गर्ने भन्ने मुद्दा छ भन्ने कुरामा शंका छैन । काठमाडौं सिआईएको आयोजित मुन सम्मेलनको उनी मुख्य प्रचारकमध्येका एक हुन् । उनीसंग मुख्यतः नेपालमा अमेरिकी भूमिकालाई बलियो बनाउन कसरी अघि बढ्ने र नेपालमा हुन सक्ने चिनियाँ राष्ट्रपतिको भ्रमण कसरी निष्प्रभावी बनाउने भन्ने विषयमा सल्लाह हुने कुरामा शंका छैन ।

अमेरिकाले यतिबेला सरकारमा सिआईएको नेटवर्कमा रहेका कुतत्वहरूको हालीमुहाली रहेको फाइदा कसरी उठाउने भन्नेतिर ध्यान केन्द्रित गरेको छ । डेढ दशकपछि अमेरिकाले नेपालका शासकहरूको भ्रमणलाई दिएको महत्वको कारण यही हो । अमेरिकामा डोनाल्ड ट्रम्पको उदयपछि विश्वका सबै देशहरूसंगको सम्बन्ध आफ्नै रणनीतिअनुसार अघि बढाउने कुराले झनै प्रश्रय पाएको छ ।

(फेसबुकबाट)

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्