Logo
१२ बैशाख २०८१, बुधबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजगढ विमानस्थलको काम सूरु गर्नु अघि नै स्थानीयको माग सम्बोधन गर्न माग

काठमाडौं : निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सूरु गर्नु अघि नै स्थानीय जनताको माग सम्बोधन गर्न सांसद सुरेन्द्रराज पाण्डेले सरकारलाई आग्रह गरेका छन् ।

संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले सो विमानस्थल निर्माणको काम सूरु गर्नु अघि नै स्थानीय जनताको माग सम्बोधन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

स्थानीय जनताको उचित बसोबासको व्यवस्था गरेर मात्रै सो आयोजना अघि बढाउन उपयुक्त हुने सांसद पाण्डेको भनाइ छ । राष्ट्रियसभाकै अर्का सांसद खिमलाल भट्टराईले सो आयोजना निर्माण कार्यमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए।

उनले स्थानीय जनताले पनि सो आयोजना निर्माण कार्य अघि बढाउन आग्रह गरिरहेको स्मरण गराउँदै तोकिएकै मितिमा समयमा सम्पन्न हुने गरी सो विमानस्थल निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।

आगामी ४ वर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो राष्ट्रिय गौरवको आयोजनाको लागत १ खरव २० अरव अनुमान गरिएको छ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्