Logo
७ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारमा जाने युवाहरुका लागि नयाँ कदम चालिदै : श्रममन्त्री विष्ट

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका विकृति र विसंगतिलाई अब छिट्टै समाप्त पार्ने बताएका छन् ।

मन्त्री विष्टले वैदेशिक रोजगारमा गएका लाखौं युवाहरुको जिन्दगी धरापमा पर्नेगरी वैदेशिक रोजगारीमा अपारदर्शीमा देखिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

१८ औं अन्तराष्ट्रिय अप्रवासन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई न्याय दिन सरकार लागि परेको बताए ।

मन्त्री विष्टले वैदेशिक रोजगारलाई मर्यादित बनाउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरिएको सँगै यस वर्ष श्रमको सम्मान गर्न आह्वान गर्दै अन्तराष्ट्रिय आप्रवासन दिवस विश्वभर मनाइने समेत जानकारी दिए ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्