Logo
७ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार सँग प्रतिनिधिसभाका सभामुख महराले गरे विपद् व्यवस्थापनमा नीतिगत सुधारको आग्रह

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विपद् व्यवस्थापनका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन्।

सभामुख महराले विपत्तिमा परेका बेला जीउधनको क्षति न्यूनिकरणका लागि स्रोत, साधन तथा पूर्व तयारीको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

‘विपद् सिर्जित विस्थापन राष्ट्रिय सम्मेलन’लाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले विपद् विस्थापनमा परेका नागरिकलाई संकटको सामना गर्न सक्ने गरी सशक्तिकरण अभियान संचालन गर्न ढिलाई गर्न नहुनेमा समेत जोड दिए ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले सिकाएको पाठबाट सिकेर नेपालले विपत्तिका बेला अपनाउन पर्ने सावधानीसम्बन्धि ठोस नीति तय गर्नुपर्ने सभामुख महराले बताए ।

सभामुख महराले नेपाल भूकम्पलगायतका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक भित्र पर्ने भन्दै त्यसबाट बच्ने उपायबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्न पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्