Logo
८ बैशाख २०८१, शनिबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी कमिटी बैठक पुनः भोलि विहान ८ बजे बस्ने, बैठक अझै लम्बिने दाबी

काठमाडौं : नेकपाको स्थायी कमिटीको बैठक पुनः भोलि विहान ८ बजे बस्ने सहमति भए सँगै आजका लागि भने सकिएको छ । शनिबारदेखि शुरु भएको बैठकमा भिम रावल, सोमनाथ प्यासी, केशब बडाल, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, टोपबहादुर रायमाझी, शंकर पोख्रेल, सत्यनारायण मण्डलले आ आफ्नो धारणा राखेका छन् ।

हालसम्म १८ जना स्थायी कमिटीका सदस्यले मात्रै बोलेका कारण बैठक अझै लम्बिने नेताहरुले बताएका छन् । बैठकमा नेता भिम रावल र योगेश भट्टराईको धारणा महत्त्वपूर्ण रहेको मानिएको छ । सबै नेताहरुले छुट्टाछुट्टै तर एकै मतको धारणा पेश गरेका छन् ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्