Logo
१२ बैशाख २०८१, बुधबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक लिमिटेडले जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

अब अजोड इन्स्योरेन्सका बिमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरूमार्पmत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रूपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

सिभिल बैंकले यस अघि पनि जीवन बिमा कम्पनीहरू मेटलाइफ, एलआईसी नेपाल, रिलायबल नेपाललाइफ इन्स्योरेन्स, युनियनलाइफ इन्स्योरेन्स र सूर्यालाइफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन बिमा कम्पनीहरूसँग सम्झौता गरी जीवन बिमा तथा निर्जीवन बिमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्