Logo
११ बैशाख २०८१, मंगलबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. महतले माइक खोसेपछि कांग्रेस महासमिति बैठकमा तनाब

काठमाडौं : राजधानी काठमाण्डौमा जारी नेपाली कांग्रेसको महासमितिको बैठकमा तनाव भएको छ । महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई महासमितिको बैठकमा छलफल नगर्ने भनेपछि तनाव सिर्जना भएको हो ।

बैठक सुरु हुनै लाग्दा नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले अगाडि गएर विधान नआएसम्म महासमितिमा छलफल हुन नसक्ने बताउँदै गर्दा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले उनको माइक खोसेका थिए ।

माइक खोसेपछि केही महासमिति सदस्यहरुले प्रकाशशरण महतलाई धकेलेका थिए । बैठकमा तनाव भएको भन्दै जगदीशश्व नरसिंह केसीले भने ‘प्रकाशशरण महतले मेरो माइक खोस्नु भयो ।

विधान मस्यौदा केन्द्रीय समितिबाट पारित भएर नआएसम्म महासमिति बैठक चल्न दिँदैनौं । विधान मस्यौदालाई सहमति जुटाउन पदाधिकारी र पूर्व पदाधिकारीको बस्ने भनिएको बैठक पनि अझै बस्न सकेको छैन् ।

सहमति जुटाउनका लागि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा गुटगत छलफल भइरहेको छ । सहमति जुटाउन भन्दै नेताहरु आन्तरिक रुपमा गुटगत बैठक बसेका हुन् ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्