Logo
६ बैशाख २०८१, बिहीबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘अनागत’को टिजर संगै चलचित्रको प्रदर्शन मिति सार्बजनिक

काठमाडौँ : चलचित्र ‘अनागत’को टिजर संगै चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरिएको छ । प्रियंका कार्की र अभिनेता अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्र माघ ११ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ सार्बजनिक टिजरमा श्रीमान्-श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ ।

साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र सस्पेन्स थ्रिलर जनराको रहेको छ अर्पण थापा र प्रियंका कार्कीका अलवा प्रविण खतिवडा र रोशिन सुवेदी मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । चलचित्रलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र साम्तेन भुटियाले पटकथामा ढालेका हुन् ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्