Logo
७ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीमा निधन भएका चापागाईंको शव नआउँदा परिवार पीडामा

बाँके : साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागार्इंको निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ ।

समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कार अनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् । चापागाईंको परिवार शव कुरेर बसेको छ । “चाँडो शव ल्याइदिएको भए काजकिरिया गर्न हुन्थ्यो”, मृतककी पत्नी निर्मलाले पीडा सुनाइन । शव ल्याउन ढिलाइ हुँदा परिवार, आफन्तलगायतलाई थप पीडा भएको छ । दाजुको निधनको खबर पाएपछि मलेसियामा रहनुभएका उनका भाइ बरुण पनि घर फर्किए ।

“एक महीनाको बिदा लिएर घर आएको हुँ”, उहाँले भन्नुभयो, “सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो ।” चापागाईं पाँच वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्थ्यो । गत वैशाखमा आमाको निधन हुँदा काजकिरिया सकेर उनी साउदी फर्किएका हुन् ।

“कम्पनीले लिएको अन्तरवार्तामा पास भए, अब पुसमा बिदा मिलाएर घर आउँछु भन्नु भएको थियो,” श्रीमान्सँग मङ्सिर ८ गते अन्तिम कुराकानी भएको सम्झिदै निर्मलाले भन्नुभयो । शिक्षण पेशामा आबद्ध निर्मलाले केही वर्षअघि श्रीमान्कै अनुरोधमा जागीर छाडेका थिए ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्