Logo
१२ बैशाख २०८१, बुधबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा प्रहरी र तस्करबीच झडप, आक्रमणमा ३ प्रहरी घाइते

वीरगञ्ज : पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएका छन् ।

प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण भएको हो । आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

तस्करले आक्रमण गरेर हतियारसमेत लुटे पनि घटनास्थलभन्दा केही परबाट बरामद भएको प्रहरीले जनाएको छ ।

पर्साका एसपी रेवती ढकालले तस्करले भारततर्फ जैलाँदै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा  प्रहरीमाथि आक्रमण गरेको जानकारी दिए ।

एसपी ढकालका अनुसार, बाइकमा डिजेल ल्याउँदै गरेकालाई गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरु भागेका थिए । पछि भागेका तिनैले आफ्नो समूह बोलाएर प्रहरीमाथि नै आक्रमण गरेर डिजेल र बाइक लगेका थिए ।

आक्रमणपछि उनीहरु भारततर्फ भागेका थिए । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्