Logo
७ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ठग्स अफ हिन्दुस्तान’ कसरी फ्लप भयो ?

काठमाडौं : फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ २०१८ को सबैभन्दा ठूलो फिल्म मानिएको थियो । तर, यो फिल्म बलिउडमा फ्लप भएको छ । फिल्म फ्लप भएपछि त्यसको पुरै जिम्मा अभिनेता आमिर खानले लिएका छन् । यसैबेला यो फिल्म किन फ्लप भयो भन्ने अभिनेत्री कट्रिना कैफले खुलासा गरेकी छन् ।

यी अभिनेत्रीले ‘बलिउड लाइफ’लाई दिएको अन्तर्वातामा भनेकी छन्, ‘मलाई लाग्छ, यस फिल्मबारे आमिर खानले एदकमै राम्रो कुरा बताए । हामी दर्शकलाई खाशै वास्ता गर्दैनौँ । तर, ठग्स अफ हिन्दुस्तानमा आफ्नो तर्फबाट राम्रो गर्ने कोशिस नगरिएको होइन । जसमा दर्शकलाई आफ्नो कामले इम्प्रेस गर्ने प्रयत्न गरिएको थियो । जसलाई दर्शकले पत्याएन ।’

गएको यही ८ नोभेम्बरमा रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि आमिरले दर्शकसँग माफीसमेत मागेका थिए । उनले भनेका थिए, ‘म ठग्स अफ हिन्दुस्तानलाई लिएर जनतासँग खरो रुपमा उत्रिँदिनँ । फिल्म फ्लप भएको छ । यसको पूरै जिम्मेवारी मै लिन्छु । मलाई लाग्छ, हाम्रो गल्ती भएको छ । हामीले कोशिस नगरेको होइन, केही दर्शकले फिल्म मन पराए पनि तर, धेरैले रुचाएनन् ।’

भारतमा फ्लप भएको यो फिल्म अहिले चीनमा रिलिज भइरहेको छ । आमिर खानको चीनमा पनि राम्रो फेन फ्लोइङ छन् । यो रिर्पोट बनाइरहँदा फिल्मले राम्रो व्यापार गरिरहेको छ । ‘ठग्स अफ हिन्दुस्तान’मा पहिलोपटक आमिर खान र अमिताभ बच्चन एकसाथ देखिएका थिए । तर, फिल्म सोचेभन्दा ठीक उल्टो भयो । यस विषयमा अभिनेता अमिताभले अहिलेसम्म मुख खोलेका छैनन् ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्