Logo
१३ बैशाख २०८१, बिहीबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालु आर्थिक वर्षका लागि छुट्याईएको बजेट ३ खर्ब १३ अर्ब तर खर्च गर्न नसक्दा बजेट ४० अर्बले बचतमा

काठमाडौं : सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १२.४६ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। आर्थिक वर्षको मंसिर सकिँदा ३९ अर्ब ११ करोड ७ लाख रुपैयाँ पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

सरकारी खर्च प्रणालीमा सुधार नहुँदा पुँजीगत बजेट कार्यान्वयनको अवस्था यो वर्ष पनि कमजोर देखिएको हो । कार्यालयका अनुसार यो अवधिमा १ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै १ खर्ब ८० अर्ब रुपैयाँ विभाज्य कोषमा जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

यो अवधिमा २ खर्ब ४८ अर्ब रुपैयाँ चालु खर्च भएको छ। चालु खर्च कूल विनियोजित खर्चको २९.४१ प्रतिशत हो । सरकारले ८ खर्ब ४५ अर्ब रुपैयाँ चालु खर्च विनियोजन गरेको छ ।

चालु खर्चमा भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई उपलब्ध गराइने अनुदान पनि समावेश रहेको अर्थ मन्त्रालयले जनाएको छ । मंसिर मसान्तसम्ममा बजेट बचत ३९ अर्ब ४१ करोड रुपैयाँ छ। राजस्व संकलन लक्ष्यअनुरुप भए पनि खर्च नहुँदा सरकारको बजेट बचतमा देखिएको हो ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्