Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको निर्णय कुर्दै डा. केसी : आफ्नो माग सम्बोधन नगरे ४ दिन पछि अनशन बस्ने

काठमाडौं : आफ्नो पुरा गर्नको लागि अनशन बस्ने तयारी गरेका डाक्टर गोविन्द केसीको भोलि बस्ने अनशन केहीदिन पछि बस्ने भएको छ । डा केसीले दिएको समयसीमा सकिनु एक दिनअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसारनै माग पूरा गर्ने प्रतिवद्धता जनाउँदै केही दिन कुर्न आग्रह गरेकी छिन् ।

केसीले घर्तीका सहयोगी डा। अभिशेष सिंहलाई फोन गरेर चिकित्सा शिक्षा विधेयकका लागि केही दिन आग्रह गरेकी हुन् । केसी पनि आफ्नो माग सम्बोधन हुने हो भने केही दिन सरकारको निणर्य कुर्न तयार देखिएका छन् ।

डा. केसीले गत मंसिर १० गतेनै पत्रकार सम्मेलनमार्फत आफ्ना ३ बुँदे माग अगाडि सार्दै सो माग पुस २ भित्र पुरा नभए पुस ३ देखि १६ औँ अनसन सुरु गर्ने बताएका थिए । सरकारले अबको केही दिनमा आफ्नो माग सम्बोधन नगरे ४ दिन पछि अनशन बस्ने केसी पक्षको भनाई छ ।

०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग केसीको रहेको छ ।

यस्तै पछिल्लो पत्रकार सम्मेलनमा केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनु पर्ने विषयलाई पनि समेटेका थिए ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्