Logo
१३ बैशाख २०८१, बिहीबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-५ मा ३ हजार २ सय मेट्रिक टन भण्डारण क्षमता भएको कोल्ड स्टोर सञ्चालनमा

दाङ : लमही नगरपालिका वडा नं. ३ टिकुलिगढमा निर्माण भएको प्रदेश ५ को सवै भन्दा धेरै भण्डारण क्षमता रहेको कोल्ड स्टोर परिक्षणको रुपमा सञ्चालनमा ल्याएको छ।

३ हजार २ सय मेट्रिक टन भण्डारण क्षमता भएको कोल्ड स्टोर परिक्षणको रुपमा सञ्चालनमा आएको राप्ती उद्यम प्रालीका अध्यक्ष देवानजंग चौधरीले जानकारी दिए।‘कोल्ड स्टोर निर्माणको अन्तिम चरणमा पुगेको छ । तर, हामिले परिक्षणको रुपमा सञ्चालन गरिरक्यौं’चौधरीले भने-‘अव यसको औपचारीक उद्घाटन गर्न मात्रै बाँकी छ । परिक्षणको क्रममा किसानलाई सेवा समेत दिएका छौं ।’

कोल्ड स्टोर परिक्षणको रुपमा सञ्चालनमा आईसकेपनि निर्माणको अन्तिम चरणमा रहेको छ । ९ करोड ६८ लाख ५० हजार ९ सय ३८ रुपैयाँ कुल लागत कोल्ड स्टोर निर्माण भैरहेको हो । करिब ९ करोड बरावरको कार्य सम्पन्न भई सकेको छ।

नेपाल सरकार, कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय, साना तथा मझौला कृषक आय स्तर बृद्धि आयोजना, नेपालगंजसँग २०७२ साल चैत्र ९ गते सम्झौता भई दुई करोड ९९ लाख ४२ हजार ७ सय ७६ रुपैयाँ पुरक अनुदान र राप्ती उद्याम प्रालीको संयुक्त लगातमा कोल्ड स्टोर निर्माण भएको हो । कम्पाण्ड, गार्ड तथा कार्यालय भवन बनाउन बाँकी छ ।

कोल्ड स्टोरमा ३ वटा मल्टी चेन्बर रहेको र परिक्षणको रुपमा १ वटा च्याम्वर सञ्चालनमा ल्याइएको हो । गत फागुन महिना देखि आलु, फलफुल तथा धान भण्डारण गरिएको छ । परिक्षणकै क्रममा १ सय २३ मेट्रिक टन आलु सुरक्षित भण्डारण गरिएको हो ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्