Logo
१५ चैत्र २०८०, बिहीबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक्काएक पर्यटक बढेको भन्दै गण्डकी प्रदेशमा यसरी मनाए खुसियाली

पर्वत : आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या एकाएक बढेपछि गण्डकी प्रदेशले केक काटेर खुसियाली मनाएको छ । गत नोभेम्बरसम्म १० लाख भन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतवार आयोजना गरिएको खुसियाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले केक काटेका हुन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सन् २०१८ को नोभेम्बरसम्म १० लाख १ हजार ३ सय बाह्य पर्यटक भित्रिएका छन् । यस अघि सवैभन्दा बढि सन् २०१५ मा ८ लाख ६० हजार पर्यटक भित्रिएको तथ्यांक छ ।

नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पर्यटन परिषद्को आयोजनामा खुसियाली समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी भएका सबैलाई मन्त्री लम्सालले केक खुवाएका थिए ।

मन्त्री लम्सालले गत वर्ष भन्दा पर्यटक आगमनको दर ३० प्रतिशतले बढेको बताउँदै पर्यटन क्षेत्रवाटै पर्यटनको समृद्धि हुने बताए। गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षको रुपमा मनाउन लागेको बताउँदै उनले त्यो अवधि सम्म बार्षिक २० लाख पर्यटकलाई भित्र्याएरै छोड्ने उनको भनाई छ ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्