Logo
८ बैशाख २०८१, शनिबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आश्चर्यजनक घटना : बिहे भोज खान गएका तीनजनाको मृत्यु

रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ जुम्लाबाङमा बिहे भोज खान गएका तीनजनाको मृत्यु भएको छ । बिहेमा गएका उनीहरु सुतेको स्थानमै सोमबार बिहान मृत फेला परेका हुन् । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टोली घटना स्थलमा पुगेको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका-११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नं. १२ का २१ वर्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका-९ का ६३ वर्षीय खम्मु कामी रहेको प्रहरीले जनाएको छ।

मृतक तीनै जनाको मृत्यु के कारणले भएको भन्ने खुल्न नसकेको बताइएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्