Logo
१३ बैशाख २०८१, बिहीबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस युनिभर्सको यात्रामा मनिता असफल : शीर्ष ५ मा पुग्न सकिनन्


नोपलकी मनिता देवकोटा मिस युनिभर्सको यात्रा टुङ्गियो, शीर्ष पाँचमा पुग्न सकिनन् । ६७ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिररहेकी मनिता देवकोटाको यात्रा टुङ्गिएको छ ।

शीर्ष पाँच देशमा फिलिपिन्स, पुयोर्टो रिको, भियतनाम, दक्षिण अफ्रिका र भेनेजुएला छन् । यी पाँच देशका सुन्दरीले प्रश्नोत्तर चरण पार गरेपपछि शीर्ष तीनमा छनोट गरिनेछन् ।

यसअघि मनिता देवकोटा मिस युनिभर्स २०१८ मा टप १० मा पुगेकी थिइन् । थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी थिइन ।

त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्