Logo
८ बैशाख २०८१, शनिबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सानदार जित निकालेको छ । आइतबार राति बार्सिलोनाले लेभान्टेमाथि ५–० को भारी जित निकालेको हो ।

१० खेलाडीमा समेटिएको लेभान्टेविरुद्ध बार्सिलोनाले उसैको मैदानमा ३ अंक जोडेको हो । बार्सिलोनालाई जित दिलाउन मेस्सीको ह्याट्रिकसंगै लूइस स्वारेज र जेर्रार्ड पीकेले एक एक गोल गरे ।

पहिलो हाफमा २ गोलले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थप्यो । जसमा ४७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ६० औं मिनेटमा अर्टुरो भिडालको पासमा मेस्सीले ह्याट्रिक पूरा गर्दा टिमको अग्रता चार शून्यमा पुग्यो । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक थियो ।

खेलको ८८ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दा बार्सिलोना ५–० ले विजयी भयो ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्