Logo
१५ चैत्र २०८०, बिहीबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बरिष्ठ गीतकार एवं एसपी टेक तामाङको चौथो ‘नाता’

काठमाडौं : बरिष्ठ गीतकार एवं एसपी टेक तामाङको चौथो गीतिएल्वम अनुश्री पाख्रिनको प्रस्तुति रहेको ‘नाता’विशेष समारोहबीच शुक्रबार सार्वजनिक भएको छ ।

नेपालपुलिस क्लव भृकुटीमण्डपमा आयोजित समारोहमा सार्वजनिकगरिएको एल्वममा ८ वटा गीत समावेश रहेका छन् ।

कार्यक्रम बरिष्ठ साहित्यकार उषा शेरचनको सभाध्यक्षता र बरिष्ठ गीतकार रत्नशमशेर थापाको प्रमुखआतिथ्यतामा सम्पन्नभएको थियो । सोही समारोहमाएल्वममा समाविष्ट दुई म्युजिक भिडियो सार्वजनिकगरिएको थियो । अञ्जु पन्तद्वारा स्वरबद्ध र अभिनित ‘तिमीलाई माया गर्छु….’ र मेलिना राईको स्वर रहेको ‘नजिकयति….’ भिडियो प्रदर्शन गरिएको थियो ।

भिडियो सार्वजनिकलगत्तै समिक्षक बरिष्ठ गीतकार भुपाल राईले अप्रासंगिकगीतमाअनुप्रास मात्रै मिलाउने परम्परागत ढर्रालाई तोडेर उत्कृष्ट शब्दविम्बल्याउन सकेकोमागीतकारलाई बधाई दिए । उनले थपे– सुगम संगीतमै रहेर सामाजिकजागरणका गीतहरू पनि लेखिनुपर्ने सुझाए ।

यसैगरी बरिष्ठ साहित्यकार पूर्व अर्थमन्त्रीएसपीकोइरालाले साहित्यकै विधाको गीत लेखनलाई निरन्तरतादिएर साहित्यिक इट्टा थपेको मा तत्कालीन आफ्नो विद्यार्थी तामाङ प्रति गर्व गरे ।

सभाध्यक्ष शेरचनले बन्दुकनामैले मात्रै पनिअत्यन्त कठोर लाग्छ उनको गीतभने अत्यन्तै कोमल ! पेशागत हिसाबले नेपालप्रहरीको एसपी सिर्जना गत हिसाबले गीतकार । एल्बमनातामा सबै नारी स्वर रहेकोमागर्व गर्दै गायिकापन्तलाई पहिलो पटक अभिनय गराउन सफलभएकोमागीतकारलाई बधाई दिए ।समारोहमा बरिष्ठ संगीतकार बुलु मुकारूङ, बरिष्ठ गीतकार राजेन्द्र थापा, गीतकार संघ नेपालको अध्यक्ष चुडामणि देवकोटा, पूर्व डिआइजी देवीलाल तामाङ, समाजसेवी चन्दा थापा तामाङ लगायतले शुभकामनाव्यक्त गरेका थिए ।

सोहीक्रममा गायिका र संगीतकारलाई प्रस्तुतकर्ता अनुश्रीले सम्मान गरेका थिए ।

एल्बममा रहेकागीतहरूमा ‘तिमीलाई… स्वर अञ्जु पन्त, संगीतअर्जुन पोखरेल, मन पर्छ… स्वर संगीता रानाप्रधान, संगीतकिशोर खतिवडा, स्वर्ग सुख…. स्वर मेलिना राई, संगीत कन्काइष्ट राईको रहेका छन् ।

यसैगरी अंगालोमा बेरिरहु… स्वर अञ्जु पन्त, संगीत पावल चाम्लिङ, ढिलो चाँडो… स्वर जिना रसायली र संगीत कन्काइष्ट राई, नजिकयति… मेलिना राई, संगीत कन्काइष्ट राई, झर्न खोज्ने… दिपालामा र संगीत कन्काइष्ट राई र सैलुङकै पाखामा… ओंङ्बु लामा र संगीत बुद्ध स्याङ्बालामा’को रहेका छन् ।

नेपालप्रहरीमाकर्तव्यनिष्ठ भएर व्यस्तताको बाबजुतपनितामाङले राष्ट्रिय, लोक, आधुनिक, लोकपप शैलीकाकरिब एक हजारभन्दा बढी गीत लेखिसकेका छन् ।कार्यक्रम गीतकार विपिन किरणले संचालन गरेका थिए ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्