Logo
७ बैशाख २०८१, शुक्रबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सानोठिमी क्याम्पसमा वर्डप्रेस बुटक्याम्प कार्यक्रम सम्पन्न  

काठमाडौं  : सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी नेपाल) र आइसिटी विभाग सानोठिमि क्याम्पसको संयुक्त आयोजनामा एक दिने वर्डप्रेस बुटक्याम्प सम्पन्न भएको छ । लोकप्रिय ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम वर्डप्रेससम्बन्धी विभिन्न जानकारी प्रदान गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।सोअवसरमा बोल्दै क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले सानोठिमी क्याम्पस पूर्वाधार, स्रोत साधन र शिक्षकहरुको हिसावले अरु क्याम्पसहरु भन्दा अब्बल रहेको उल्लेख गर्दै आइसिटी बिषयलाई व्यवस्थित बनाउन लागिपरेको बताए ।

क्याम्पसका आइसिटी विभाग प्रमुख रोमकान्त पाण्डेले आइटीका प्रत्येक सेक्टरका आ–आफ्नै कम्युनिटीहरु रहेको जानकारी दिदै विद्यार्थीलाई आफ्नो रुचीअनुसार ती कम्युनिटीसँग जोडिन आग्रह गरे ।

उनले आइसिटी शिक्षा अब्बल रहेको भन्दै विद्यार्थिहरुलाई समयको मागअनुसार आफ्नो सिपको विकास गर्न जोडसमेत दिए । 

सूचना र सञ्चार प्रविधि समाज, नेपालका महासचिव सुवास खड्काले वर्तमान टेक्नोलोजी मार्केटको चर्चा गर्दै विद्यार्थीलाई सीप विकासमा प्रेरित गर्नुपर्ने विचार राखे ।

फरक प्रसंगमा उनले एसआइीसटी नेपाल आइसिटी क्षेत्रको सामाजिक संस्था रहेको र यसले सम्रग रुपमा आइसिटिको विकासको निम्ति काम गरिरहेको उल्लेख गर्दै यो संस्था सबैसँग हातेमालो गर्दै अघि बढ्ने भनाइ राखे ।

क्याम्पसका स्ववियु सभापति रमेश खड्काले आइसिटिको विकासको निम्ति आफू लागिपरेको बताउदै यस्ता तालिमहरुको विद्यार्थीलाई प्रत्यक्ष लाभ पुर्याउने तर्क गरे । बुटक्याम्पको अवसरमा ई. सुरेन्द्र क्षेष्ठ र मणिराज कपालीले करीब ३ घण्टा वर्डप्रेससम्बन्धी विविध ज्ञानसहित सहजिकरण गरेका थिए ।

सानोठिमी क्याम्पसका आइसिटी विभाग प्रमुख पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिमा क्याम्पस प्रमुख घिमिरे रहेका थिए । कार्यक्रमको सञ्चालन एसआइसिटी नेपालका उपाध्यक्ष बिशाल महतले गरेका थिए ।

आइसिटी क्लबको गठन
सानोठिमी क्याम्पसमा आइसिटिको सम्रग विकासको निम्ति सहयोग पु-याउने उद्धेश्यले क्याम्पसमा आइसिटी विषय अध्ययन गर्ने विद्यार्थिहरुको साझा संस्था आइसिटी क्लवको गठन भएको छ ।

क्याम्पस प्रमुख रामचन्द्र घिमिरे संरक्षक सदस्य, सल्लाहाकार सदस्यहरु आइसिटी विभाग प्रमुख रोमकान्त पाण्डे, स्ववियु सभापति रमेश खड्का र एसआइसिटी नेपालका उपाध्यक्ष बिशाल महत रहने गरी कमल आचार्यको अध्यक्षतामा २५ सदस्यीय समिति रहेको क्लव गठन गरिएको हो ।

 

 

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्