Logo
११ बैशाख २०८१, मंगलबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चार ग्रामलाई कला संस्कृति र सङ्गीत केन्द्रको रुपमा विकास गर्ने, महानगरपालिका नगर एफएम सञ्चालनको तयारीमा

विराटनगर : विराटनगर महानगरपालिका-४ खारजीमा बन्न लागेको सञ्चार ग्रामका विषयमा रेडियो नेपालद्वारा आज एक छलफल कार्यक्रम गरिएको छ ।

उक्त कार्यकम्रमा सञ्चारकर्मीको तालीम, ध्वनि रेकर्डिङ जस्ता थुप्रै कार्य सञ्चालन हुने सो ग्रामबाट विराटनगर महानगरपालिकाले नगर एफएम सञ्चालन गर्ने निर्णय गर्नुका साथै तारणीप्रसाद कोइराला सञ्चार ग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्बद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ ।

सञ्चार ग्रामका लागि विराटनगर महानगरपालिकाले ६ कठ्ठा १८ धुर उपलब्ध गराएको जग्गामा चारतले स्टिलका अत्याधुनिक भवन निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

कूल रु १८ करोड २५ लाख ५२ हजारको लागतमा निर्माण हुन लागेको यो भवन आउँदो चैत महीनामा सम्पन्न गर्ने गरी रविना-जोशी जेभीले लिएको ठेक्का प्राविधिक कारणले केही दिन लम्बिने निर्माण व्यवसायी रमेशकुमार कार्कीले बताए । भवनका लागि नेपाल सरकारले अहिलेसम्म रु १७ करोड उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्