Logo
७ बैशाख २०८१, शुक्रबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न पत्रकारलाई सभामुखको आग्रह

काठमाडौँ : सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । आइतबार संसदीय मामिला पत्रकार समाजको अधिवेसन उद्घाटन गर्दै महराले सरकारविरुद्ध एकोहोरो ढंगले लाग्नुभन्दा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

‘कसैप्रति एकोहोरो खनिुभन्दा पनि रचनात्मक ढंगले विषयहरुलाई उठाउन लागे समाज र राष्ट्रका लागि पनि फाइदाजनक हुन्छ,’ महराले भने, ‘तपाईहरु यसमा लाग्नुस् संसदका गतिविधि आम जनतामा पुगाउन पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि सभामुखको हैसियतले हामी सहयोग गर्न तयार छौँ गरि पनि रहेका छौँ ।’

उनले संसदको हिउँदे अधिवेसन पुषको दोस्रो हप्ता बोलाउने आफूले आब्हान गरेको र सरकारले साही ढंगले तयारी गरिरहेको जानकारी दिए । कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकालले संविधानसँग बाँझिएका कानुनहरुलाई बदलिदो समयअनुसार परिमाजर्न गर्न सरकार लागि परेको बताए ।

१ सय ७४ कानुन मध्ये ७० कानुनको मस्यौदा तयार गरिसकेको बताएका मन्त्री ढकालले समयमै कानुन निमार्णको काम पुरा भइसक्ने बताए ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्