Logo
१२ बैशाख २०८१, बुधबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेममा परेर अन्तरजातीय विवाह गरिन् संगिता तर गर्भवती भएपछि श्रीमान वेपता

राजविराज : प्रेममा परेर अन्तर जातीय विवाह गरेकी सप्तरीे बोदेबसाईन नगरपालिका २ की २० वर्षिया संगिता सदा पति वेपता भएपछि विचलिमा परेकी छिन् । सप्तरीको सुरुङ नगरपालिका ४ मधुपट्टी माइती भएकी युवती २२ मंसीरमा छोरा जन्माएकी छन् । सुत्केरी भएको समयमा अत्यधिक माया गर्ने श्रीमान् नहुँदा उनी चिन्तित छिन् ।

बच्चा जन्मिएको तीन दिनमै बिरामी परेको शिशुको उपचार गर्न पनि उनलाई समस्या भएको छ । २०७४ मा सोही नगरापलिका बस्ने २२ वर्षिय शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गरेकी संगिताका पतिले तीन महिना देखि सम्पर्क समेत नगरेपछि उनि अलपत्र परेकी हुन् ।
२२ मंसिरमा प्रसुती व्यथाले लागे पछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनि अहिले लहान स्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा भर्ना छिन् । उनको ७ दिन अघि सल्यक्रियापछि शिशु निकालिएको थियो ।  नवजात शिशु दुध खान नसकेपछि उनलाई वाहिर लैजान चिकित्सकले सल्लाह दिएका छन् तर आर्थिक अवस्था कमजोर भएकाले वाहिर लैजान नसकिएको संगिताका पिता भोला सदाले लाचारी सुनाए ।

उनले शनिवार परिवार र छरछिमेक सहित संचारकर्मीहरुको भेला मार्फत छोरीलाई न्याय दिलाउन पहल गरि दिन आग्रह गरेका छन् ।उनले पतिलाई सासु–ससुराले नै अर्को विवाह गराउने नियतले लुकाई राखेको आरोप पनि लगाएकी छिन् । नवजात शिशुलाई आफैले एक्लै पाल्न नसक्ने भन्दै उनले पनि न्यायका लागि पहल गरि दिन सबैसँग आग्रह गरेकी छिन् ।

उनलाई न्याय दिलाउन जनचेतना दलित संगम नामक संस्थाले निकै पहल र प्रयास पनि गरेका छन् तर सफलता भने मिल्न सकेको छैन् ।
उनले पनि शिवदत्तलाई परिवार कै सदस्य मिलेर लुकाई राखेका कारण संगितालाई न्याय दिलाउन ढिलाई भईरहेको बताए । केटी दलित समुदायको भएकाले केटा पक्षले दलितकी छोरी नभित्रियाउने मनसायले शिवदत्तलाई अन्यत्र पठाएको दावि गर्दै अविलम्व उनका अभिभावक र शिवदत्तलाई कानूनी दायरामा ल्याउन स्थानियले माँग गरेका छन् ।

यता प्रहरीले पिडीत संगिताको किटानी जाहेरीको आधारमा शिवदत्तको खोजी कार्य तीब्र पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावशे रिमाले जानकारी दिए ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्