Logo
४ बैशाख २०८१, मंगलबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली क्रिकेटका चर्चित बलर शक्ति गौचनले लिए संन्यास

काठमाडौं : नेपाली क्रिकेटका चर्चित बलर शक्ति गौचनले संन्यास लिएका छन् । शक्तिले क्रिकेट खेलबाट संन्यास लिए पनि अबको दिनमा क्रिकेट क्षेत्रकै लागि काम गर्ने घोषणा गरेका छन् ।

शनिबार एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा पल्टनबाट खेल्दै शक्तिले संन्यास घोषणा गरेका हुन् । शक्तिले संन्यास घोषणा गरेको खेलमा पोखरा चितवन टाइगर्ससँग पराजित भएको छ ।

शक्ति पोखराको उपकप्तानको जिम्मेवारीमा थिए। शनिबारको खेलमा चितवन टाइगर्ससँग पोखरा ७ विकेटले पराजित भएको हो ।

गत असारमै अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका शक्तिले राष्ट्रिय टोलीबाट एक खेल खेल्दै सन्यास लिने तयारी गरेका थिए । यद्यपी शनिबार नै उनले संन्यास घोषणा गरेका हुन् ।

 

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्