Logo
१२ बैशाख २०८१, बुधबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समितिको बैठकमा पत्रकारलाई ‘किक आउट’ !

काठमाडौं : संसदीय समिति भनेको मिनी संसदका रुपमा लिइन्छ । तिनै समितिहरुको बैठकमा पत्रकारलाई ‘किक आउट’ गर्न थालिएको छ । संसदको राज्य व्यवस्था समितिमा शुक्रबार भएको काठमाडौ–तराई फास्ट ट्र्याकको छलफलमा पत्रकारलाई प्रवेश नै दिइएन् ।
संसदकै विकास समिति मातहत पर्ने काठमाडौं तराई फास्ट ट्र्याक आयोजनामा सेनाको संलग्नताको नाममा राज्य व्यवस्था समितिले तीन वटा बैठक र स्थलगत निरीक्षण गरेको थियो ।

बिहिबार समितिले रक्षा मन्त्री र गृह मन्त्रीलाई डाकेर छलफल गरेको थिए । बैठकमा रक्षा मन्त्री ईश्वर पोखरेलले समितिको ‘कार्यक्षेत्रको’ प्रश्न उठाएका थिए । शुक्रबार निर्णय गर्न बसेको बैठकमा पत्रकारलाई निषेध गरिएपछि सूचना संकलन गर्न गएका पत्रकारहरु समाचार संकलन गर्न पाएनन ।

समितिले झण्डै तीन घण्टा बैठक गर्दा पत्रकारलाई रोकिएपछि पत्रकारहरु घाम तापेर बस्न बाध्य भए । स्रोतका अनुसार बैठकको समाचार संकलन गर्न गएका पत्रकारालई समिति सभापति शशी श्रेष्ठले मर्यादापालक मार्फत पत्रकारहरु ‘घाम ताप्न’ सुझाएको बताइएको छ ।

समिति सभापति श्रेष्ठले गत असोज ९ गतेको पहिलो बैठकदेखि नै पत्रकारहरुलाई पटक पटक बैठकमा रोक लगाउँदै आएकी छिन् । यसले सुचना पाउने जनताको अधिकारमाथिको खेलबाडका रुपमा लिइएको छ ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्