Logo
७ बैशाख २०८१, शुक्रबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्रीले बनाएको कार्यदलमा शेयरबजारका आन्दोलनकारीलाई डाकियो

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले हालै गठन गरेको मुद्रा तथा पुँजीबजार समस्या समाधान कार्यदलमा शेयरबजारका आन्दोलनकारीलाई समेत डाकियो छ ।

पूँजी बजार सूधारका लागि गठन गरिएको सरकारी कार्यदलले आमन्त्रित सदस्यका रुपमा आन्दोलनकारी शेयर लगानीकर्तालाई आईतबरको बैठकमा डाकिएको हो ।

आन्दोलनकारीबाट तीन जना आमन्त्रित छन् । जसमा नेपाल स्टक एक्सचेञ्ज कार्यालय अगाडि रिले अनशनमा बसेकामध्येबाट शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजी बजार लगानीकर्ता संघका महासचिव नगेन्द्र बास्तोला र शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट तिलक कोइरालालाई थप गरिएको स्रोतको भनाई छ ।

उनीहरुलाई शुक्रबार दिउँसै बार्तामा समेत डाकिएको थियो । उनीहरुले अर्थमन्त्रीको राजीनामा माग्दै रिले अनशन बसेका छन् । बार्तापछि उनीहरुलाई कार्यदलको आमन्त्रित सदस्य बनाइएको स्रोतका दावी छ ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्