Logo
८ बैशाख २०८१, शनिबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस वल्र्डको ताज पहिरिन नपाएपनि समाजसेवी काम गर्नेछु : शृङ्खला

काठमाडौं : मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले मिस वल्र्डको ताज पहिरिन नपाएपनि आफ्नो चाहनालाई सदैव अटल बनाई पुरा गर्ने बताएकी छिन् । साथै समाजमा केही गर्ने चाहाना भएकोले सोहि अनुसार आफु अघि बढिसकेकी समेत बताइन् ।

खतिवडाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना बोकेको पनि बताएकी छन् । ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ’ चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडौं आएपछि शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै शृङ्खलाले आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् ।

उनले नेपाल हेरक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफु पछि परेको भन्दै त्यसका लागि मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको आफुले अनुभव गरेको सुनाइन् ।

प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफु टप १२ बाटै बाहिरिनु परेको शृङ्खलाले गसनासो पोखिन् । ‘टप फाइभमा पनि नपर्दा खल्लो लाग्नु स्वभाविक हो । धेरै नेपालीले आश गर्दै साथ पनि दिएका थिए । तर, निर्णायक मण्डलको निर्णयमा म टप-१२ बाटै बाहिरिए’ पत्रकार सम्मेलनमा शृङ्खलाले भनिन् ।

उनले प्रतियोगितामा भोटिङबाहेक प्रतियोगीहरुको एक महिनादेखिका क्रियाकलापका आधारमा जजमेन्ट हुने गरेकोले आफु त्यसमा कमजोर भएको हुनसक्ने बताइन् । उनले मिस वल्र्डमा सहभागी भएपछि आफुले धेरै कुरा सिक्ने मौका पाएको बताइन् ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्