Logo
१३ बैशाख २०८१, बिहीबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरनेटको मूल्य सबैभन्दा सस्तो गर्ने सञ्चारमन्त्रीको घोषणा

काठमाण्डौ : नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य सबै भन्दा कम गर्ने सरकारले घोषणा गरेको छ । विदेशबाट ल्याउने ब्यान्डविथको मूल्य घटाएर उपभोक्ता मूल्य घटाउन सरकार लागिपरेको सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले बताए ।

यसबाट उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनको भनाइ छ । घटेको ६ डलरमा २ डलर थप ब्यान्डविथ ल्याउन प्रयोग गर्ने, २ डलर उपभोक्ताको भार कम गर्दा पनि २ डलर कम्पनीको नाफामा जाने उनले बताए ।

विदेशबाट ल्याइरहेको ब्यान्डविथमा अहिले प्रतिएमबीपीएसको १८ अमेरिकी डलर तिरिरहेकोमा अब सो मूल्य १२ डलरमा झारिने मन्त्री बाँस्कोटाले बताएका छन् । नेपाल टेलिकमले अहिले भारत र चीनबाट ब्यान्डविथ ल्याइरहेको छ ।

ममन्त्री बाँस्कोटाले भने, ‘म मन्त्री भएर आउँदा टेलिकमले ३० डलर तिरिरहेको थियो, हामीले सहमति गरेर १८ डलरमा झारिसकेका छौँ । अब पनि हामी छलफलकै क्रममा छौँ यसबाट न्यूनतम ६ डलर मूल्य घट्नेछ ।’ ‘६ डलर घट्दा हामीले अहिलेको भन्दा धेरै ब्यान्डविथ थोरै पैसामा ल्याउन सक्छौँ, जसबाट क्षमता विस्तार गर्न र सस्तोमा उपभोक्तालाई दिन सकिन्छ,’ उनले भने ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्