Logo
८ बैशाख २०८१, शनिबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब प्रहरी कर्मचारीलाई समायोजन गर्न अध्यादेश, २ सय, ५ सय र २ हजारका भारतीय नोट नचल्ने

काठमाडौँ : नेपालमा अब २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको प्रयोगमा रोक लगाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता गोकुल बास्कोटाले दिएका हुन् । मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलन मन्त्री बास्कोटाले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरे ।

२००, ५०० र २००० सय चलाउन भारतले प्रतिबन्ध लगाएपछि सरकारले भारतीय १ सय रुपैयाँका भन्दा अन्य नोट नराख्न र नबोक्न आग्रह समेत गरेको छ ।  यसअघि नेपाली बजारमा २०० र ५०० का नोटको कारोबार हुन्थ्यो । त्यसैगरी सरकारले साना किसानहरूले साझा सहकारी संस्थामार्फत लिएको ऋण मिनाहा गरिदिएको छ ।

यसबाट करिब ७ हजार किसान लाभान्वित भएका छन् । त्यस्तो रकम सावाँ मात्र १९ करोड ३९ लाख थियो । ब्याज करिब एक अर्ब रुपैयाँ छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

नेपाल कपडा उद्योग सङ्घले उठाएका मागबारे राय सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ । खानेपानी सम्बन्धी सङ्घीय आयोजनाका काम समयमै सम्पन्न गर्न १ सय ६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

 

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्