Logo
५ चैत्र २०८०, सोमबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोकना र बुङमतीबासीको आन्दोलन व्यर्थ, जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने गृहमन्त्री थापाद्वारा स्पष्ट

काठमाडौं : काठमाडौं-निजगढ द्र्रुतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्नका लागि खोकना र बुङमतीबासीले गरेको आन्दोलन व्यर्थ भएको छ । गृहमन्त्री रामबहादुर थापाले सो द्रुतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेका छन् ।

खोकना र बुङमतीका स्थानीयले भने जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका थिए ।

बिहिबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राज्यले तय गरेको मापदण्ड अनुसारनै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न नसकिने बताए ह्न् ।

सो जग्गाको मात्रै मुआब्जा वृद्धि गर्दा देशभरका अन्य जग्गाको पनि मुआब्जा वृद्धि गर्नुपर्ने भएकाले पनि यसका पुनर्विचार गर्न सक्ने अवस्था नरहेको गृहमन्त्री थापाको भनाई छ ।

गृहमन्त्री थापाले खोकना र बुङमतीको जग्गाको मुआब्जा वृद्धि गर्न सरकारले तोकेको मापदण्ड मै पुनर्विचार गर्नुपर्ने पनि स्मरण गराए् ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्