Logo
१२ बैशाख २०८१, बुधबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनयुद्धमा थारू समुदायले गरेको त्याग र बलिदान भुल्न सक्दिन : अध्यक्ष दाहाल

काठमाडौँ : कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको समयमा सबैभन्दा बढी त्याग र बलिदान थारू समुदायले गरेको खुलासा गरेका छन् ।

बिगतलाई स्मरण गर्दै दाहालले सो समुदायको अधिकारको पक्षमा अहिले पनि आफू र आफ्नो पार्टी कहिल्यै पछि नहट्ने बताएका छन् ।

थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज एक आयोजित कार्यक्रममा विमोचन गर्दै उनले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताए ।

नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा र केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको उनले बताए । नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा समेत पुग्न नसकेको अध्यक्ष दाहालको भनाई थियो ।

आफूले विगतमा पनि उत्पीडित जाति र समुदायको पक्षमा लडेको र संविधानमा उनीहरुको अधिकार स्थाािपत गर्न लागिपरेको भन्दै केही बाँकी रहेका विषयलाई संविधान संशोधनमार्फत पूरा गर्न सकिने अवस्था रहेको अध्यक्ष दाहालले बताए ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्