Logo
१३ बैशाख २०८१, बिहीबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरिबी घटाउँदै आए बृघिदर बढाउँदै, गण्डकी प्रदेशले लियो महान लक्ष्य

पोखरा : अबको ५ वर्षमा गण्डकी प्रदेशले प्रतिव्यक्ति आय १ हजार २१ बाट २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । ५ वर्षभित्र गरिबी ७ प्रतिशतमा झार्ने र प्रदेशको वार्षिक आय वृद्धिदर ८ प्रतिशत पुर्‍याउने सरकारको नीति छ ।

त्यस्तै, २ वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी र बिजुली पुर्‍याउने, ५ वर्षमा प्रदेशको जनसंख्या बराबर पर्यटक भित्र्याउने प्रदेश सरकारले बताइरहेको छ । सरकार गठन भएको १ वर्ष बित्नलाग्दा वजेट कार्यान्वयन हुन नसकेको गुनासो पनि बाक्लिदै गएको छ ।

नीति तथा कार्यक्रममार्फत ल्याएको महत्वाकांक्षी लक्ष्य पूरा गर्न सरकारले आवधिक योजना बनाउन थालेको छ । विभिन्न विज्ञहरुको राय लिएर आगामी चैतभित्र पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकास सम्बन्धी आवधिक योजना बनाउने प्रदेश सरकारले बताएको छ ।

यो सरकारको अवधि पौने ४ वर्ष छ । यो अवधिमा के विकास गर्ने र १५ वर्षपछिको गण्डकी प्रदेश कस्तो हुने भन्ने खाका कोर्नु परेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । मुख्यमन्त्री गुरुङले अब प्रदेशले बिजुली खपत ५ गुणा बढाउने र ५ वर्षमा उत्पादन दोब्बर बनाउने योजना सुनाए ।

विज्ञहरुसंगको छलफलमा उनले रोजगारी सिर्जना, सीप बिकास, रोजगारमूलक शिक्षा, पर्यटन प्रवर्धन, ऊर्जा र कृषि उत्पादनमा वृद्धि तथा पूर्वाधार विकासबारे परिणाममुखी सुझाव दिन आग्रह गरे । छलफलमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्माले प्रदेशको विकासको सूचकको अवस्था र आवधिक योजनाले सम्बोधन गर्नुपर्ने विषयहरु प्रस्तुत गरे ।

त्यस अनुसार, गण्डकी प्रदेशको जनसंख्या २४ लाख ९० हजार ४३७, कुल ग्राहस्थ उत्पादन ३३५ अर्ब र प्रतिव्यक्ति आय १ हजार २१ रुपैयाँ छ ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्