Logo
११ बैशाख २०८१, मंगलबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुद्दाको संख्या बृद्धि भएका कारण नेपाली समाजाम पारिवारिक कलह नौलो नभएको पुष्टि

धनगढी : कैलालीमा सीमा विवाद र पारिवारिक कलहका कारण केहि समय देखि यता मुद्दाको संख्या बढ्दै गएको देखिएको छ । साना ठुला विवादमा पनि अदालत धाउने क्रम बढे पछि मुद्दाहरुको संख्या बढि देखिएको हो ।

पारिवारिक कलहसँगै छिमेकीसँग जग्गाको सीमा सम्बन्धी विवाद र जालसाजी गर्ने कुरा पनि घट्न नसकेको तथ्यांकले पुष्टि गर्छ । गत आर्थिक बर्षमा मात्रै कैलाली जिल्ला अदालतमा दर्ता भएका जम्मा १ हजार ७ सय ९९ मुद्दामा पारिवारिक कलहका मुद्दा मात्रै साढे ५ सय रहेका छन्।

अदालतमा दर्ता मुद्दाहरुमा अंश सम्बन्धी विवादका सबैभन्दा बढी २ सय ५७ छन्। अदालतले पारिवारिक विवाद भित्रका मुद्दाहरुको श्रेणीमा राख्ने यी मुद्दामा १ सय ३० मा फैसला भइसकेको छ भने १ सय २७ चालू आर्थिक बर्षका लागि सारिएका छन्।

पारिवारिक विवादका मुद्दामा अंशपछि श्रीमान श्रीमतीबीचको सम्बन्ध बिच्छेदका मुद्दाको संख्या छ । गत आर्थिक बर्षमा २ सय ५३ वटा यस्ता मुद्दाहरु अदालतमा दर्ता भएका छन् । पारिवारिक विवादमै नाता कायम गरिपाउँ भन्दै पर्ने मुद्दाको संख्या गत आर्थिक बर्षमा २५ रहेको छ।

नाता कायम संगै श्रीमानले खान लाउन नदिएकोले मानाचामल माग गर्दै गत आर्थिक बर्षमा १५ जनाले अदालतमा मुद्दा दर्ता गराएका छन् । पारिवारिक कलह नेपाली समाजका लागि नौलो बिषय होइन ।

संयुक्त परिवार छोडेर एकल परिवारमा बस्‍ने मानिसको संख्या बढिरहे पनि कलहमा कमी आउन नसकेको अदालतमा दर्ता भएका मुद्दाहरुले पुष्टि गरेका छन्। परिवारमा मुलीले गरेको निर्णय नमाने प्रवृति बढिरहेकोले घरको कलह अदालत सम्म पुगिरहेको लामो समयदेखि देवानी मुद्दामा बहस गरिरहेका अधिवक्ता बीर बहादुर जेठाराले बताए ।

पारिवारिक कलह जस्तै अवस्थामा छिमेकी सितको जग्गा विवाद पनि रहेको छ । कैलाली जिल्ला अदालतको रेकर्ड अनुसार गत आर्थिक वर्षमा जग्गा सम्बन्धी विवादका १ सय ५२ मुद्दामा अदालती कार्वाही भयो। यस्ता मुद्दामा छिमेकीले सीमा मिचेको भन्दै खिचोला भएका ४८, कह कायम गरिपाउँ भन्दै परेका मुद्दा, १३, मालपोत लिखत बदर गराउन परेका मुद्दा ४४ रहेका छन्।

अदालतका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार जालसाजी गरेकोले न्याय पाऊ भन्दै १ सय ५५ मुद्दा परेका छन्।अदालतमा देखिएका यस्ता मुद्दाले समाजको चरित्र बदलिन नसकिएको पुष्टि हुन्छ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्