Logo
८ बैशाख २०८१, शनिबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नांगै भएर टीभी हेर्ने अभिनेत्रीको तीनछक पार्ने बानी

कतिपय मानिसका अनौठा रुची हुन्छन् । अझ सेलिब्रेटीहरुका कतिपय शौख त तीनछक पार्ने खालकै हुन्छन् । हलिउड अभिनेत्री जेनिफर एनिस्टनको शौखका बारेमा सुन्दै अचम्म लाग्छ ।

४९ वर्षकी एनिस्टनले आफ्नो त्यो अनौठो रुचिका बारेमा एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छन् । आफूलाई निर्वस्त्र भएर टेलिभिजन हेर्न मज्जा आउने खुलासा उनले गरेकी हुन् ।

एनिस्टनका अनुसार नांगै भएर टीभी हेर्ने बानी नै परिसकेको छ उनको । कार्यक्रममा नुहाउँदा, सम्भोग गर्दा र पौडी खेल्दा बाहेक अरु के गर्दा तपाइँलाई निर्वस्त्र हुन मन लाग्छ ? भनेर सोधिएको थियो ।

त्यसको जवाफमा उनले आफूलाई नांगै भएर टीभी हेर्न मनपर्ने बताएर सबैलाई छक्क पारिन् । आफूले रातमा सधैं नांगै भएर टेलिभिजन हेर्ने गरेको खुलासा उनले गरिन् ।

 

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्