Logo
११ बैशाख २०८१, मंगलबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाँ इच्छा त्यहाँ उपाय, सहकारीबाट कर्जा लिई एक हजार बढीलाई स्वरोजगार

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु ५ करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी १ हजार ७४८ जना युवा वर्गहरु लाई स्वरोजगार बनाएको छ ।

आव ०७४र७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि कर्जा प्रदान गरेको हो । सदस्यहरूलाई प्रवाह गरेको कर्जामध्ये रु ४ करोड ४१ हजार ४४३ रकम असुली गरेको छ ।

सहकारीले सदस्यबाट रु १ करोड ८५ लाख २४ हजार ५७ कर्जा असुली गर्न बाँकी रहेको छ । सहकारीले कृषि कर्जामा रु ८० लाख ३७ हजार ९१२, व्यापारमा रु ७६ लाख ३४ हजार २०५, कुखुरापालनमा रु १२ लाख २७ हजार, बङगुरपालनमा रु ४२ हजार ७८५, शैक्षिक कर्जामा रु ७ लाख ८० हजार र आवास कर्जामा रु ४ लाख २४ हजार १५५ रकम लगानी गरेको छ ।

लगानी गरिएको रकमबाट सहकारीले रु १ लाख ५१ हजार १५२ खुदनाफा आर्जन गरेको सहकारीका अध्यक्ष धनबहादुर चौधरीले बताए । सहकारीले सञ्चालनमा ल्याएका दैनिक बचत, मासिक बचत, खुत्रुके बचत, ऐच्छिक बचत र आवधिक बचतमा गरी रु १२ करोड ३० लाख ७० हजार २६८ रकम बचत गरेको चौधरी बताए ।

सहकारीमा विपन्न, मुक्त कमैया, आरक्ष विस्थापित समुदायका व्यक्ति आबद्ध रहेका छन् । आर्थिक, समाजिक, शैक्षिक र सांस्कृतिकरूपले पछाडि परेका वर्ग र समुदायको सहकारीको माध्यमबाट सेवासुविधा पु¥याउने उद्देश्य लिएको छ ।

सहकारीका सदस्यलाई व्यावसायिक तरकारी खेतीका माध्यमबाट आत्मनिर्भर बनाउन चालू आवदेखि दुई परियोजनासँग सहकार्य गरी कार्य बढाइन लागेको सहकारीका प्रबन्धक लक्ष्मी सेटीले बताउए ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्