Logo
८ बैशाख २०८१, शनिबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै नेता थापाको आक्रोस

काठमाडौं : युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले आक्रोस पोखेका छन् ।

नेता थापाले संसद् नै नभएको ०६२ मंसिर ७ गते कसरी संसदले शान्ति दिवस घोषणा गर्‍यो भन्दै त्यसप्रति आक्रोस पोखेका छन् ।

फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा नेपालमा यूपीएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको उल्लेख छ ।

बरु उक्त दिन दिन ऐतिहासिक शान्ति सम्झौता भएको स्मरण गराएका छन् । शान्ति सम्झौता भए पनि शान्ति दिवस भनेर संसदले घोषणा नगरेको भन्दै थापाले भिडियोले नेपाल र नेपालीको अपमान गरेको बताएका छन् ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्