Logo
७ बैशाख २०८१, शुक्रबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः प्रधान न्यायाधीशमा चोलेन्द्रशम्शेर जबरा सिफारिस

काठमाडौं : संवैधानिक परिषदको बैठकले सर्वोच्चको प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस गरेको छ ।

परिषदको आज बिहान बसेको बैठकले प्रधानन्यायाधीश पदका लागि जबराको नाम सिफारिस गरेको हो । यस अघि प्रधानन्यायाधीशमा न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरिएको थियो । कार्यसम्पादन, प्रलोभनमा परि मुद्धा फैसला गरेको भन्दै विभिन्न क्षेत्रबाट उनको चर्को बिरोध गरेका थिए ।

यसअघि तीनपटकसम्म बैठक बस्न सकेको थिएन । बुधबार पनि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक बिहिबार बिहानका लागि सारिएको थियो ।

बिहिबार देउवा उपस्थित भएपछि बसेको बैठकले राणालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । न्याय परिषद्ले यसअघि राणासँगै दीपकराज जोशीको नाम संवैधानिक परिषदमा पठाएको थियो ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्