Logo
७ बैशाख २०८१, शुक्रबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोशी पून सर्वोच्चको वरिष्ठतम न्यायाधी, राणा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ : संवैधानिक परिषद्ले वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को बिहिबार बिहान बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि तीनपटकसम्म बैठक बस्न सकेको थिएन । बुधबार पनि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक बिहिबार बिहानका लागि सारिएको थियो ।

बिहिबार देउवा उपस्थित भएपछि बसेको बैठकले राणालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । न्याय परिषद्ले यसअघि राणासँगै दीपकराज जोशीको नाम संवैधानिक परिषदमा पठाएको थियो ।

तोडियो परम्परा

चोलेन्द्रको सिफारिससँगै वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा तोडिएको छ । जोशी प्रधानन्यायाधीश ओमप्रकाश मिश्रपछि दोस्रो वरियतामा रहे पनि संवैधानिक परिषदले तेस्रो वरियताका जबरालाई सिफारिस गरेको हो ।

यसअघि जोशीलाई संवैधानिक परिषदले सिफारिस गरे पनि संसदय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । त्यही आधारमा बिहीबार परिषदले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

सुनुवाइ समितिको अस्वीकृत पछि पनि जोशी दोस्रो वरियतामा रहेर काम गर्न इच्छुक भएर सर्वोच्च हाजिर भएका हुन् । उनी फेरि सर्वोच्चको वरिष्ठतम न्यायाधीश बन्न पुगेका छन् ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्