Logo
१३ बैशाख २०८१, बिहीबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दु रितिरिवाज अनुसार विवाह गरेका कपिल शर्माले फेरि अर्को परम्परामा विावह गर्दै (भिडियो)

कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका छन् । लामो समयदेखि पर्दाभन्दा बाहिर रहेका कपिल शर्मा आफ्नो विवाहका कारण फेरि एकपटक चर्चामा आएका छन् । गिन्नी चतरथ काे खास नाम भवनीत चतरथ हो तर उनलाई गिन्नी भनेर चिनिन्छ । जालन्धरको सिख परिवारकी गिन्नी र कपिल शर्माको पहिलो भेट २००५ मा भएको थियो । त्यती बेला कपिल २४ र गिन्नी १९ वर्षकी थिइन् ।

हिजो अर्थात डिसेम्बर १२ मा उनले विवाह गरेका हुन् । उनी पहिलो सेलीब्रेटी पनि सावित भए जो आफ्नो विवाहको प्रत्येक कार्यक्रमहरु एकसाथ लाइभ गरे । उनलेे आफ्नो युटुब च्यानलबाट विवाहको लाईभ गरे भने आफ्नो इन्स्ट्राग्राममा सबै फोटोहरु पनि सेयर गरेका छन् ।लामो समयदेखीको आफ्नी प्रेकिका गिन्नी चतरथका साथ भारतको पञ्जाबमा लगनगाँठो कसेका हुन् । गिन्नी उनका प्रोग्राम प्रोड्युसर समेत हुन् । कपिल शर्मा शोको सबै स्कृप्ट र कन्सेप्ट गिन्नीकै हुने गरेको थियो ।

विवाहका लागि कपिल शर्माका साथीहरु तथा हास्यकलाकार कृष्णा अभिषेक, सुमोना चक्रवर्ती, राजीव ठाकुर र गायिका ऋचा शर्मालगायत ‘द कपिल शर्मा शो’का सम्पूर्ण सदस्य पञ्जाब पुगेका छन । यसअघि दीपिका पादुकोण र रणवीर सिंह तथा प्रियंका चोपडा र निक जोनसकै शैलीमा कपिल र गिन्नीले पनि २ वटा परम्परा अनुसार विवाह गरेका हुन् । उनिहरुले शिख र हिन्दु परम्परा अनुसार बिवाहा गरेका हुन् ।

बुधबार हिन्दू परम्पराअनुसार विवाह गरेका छन् भने त्यसपछि शिख परम्परामा विवाह गरेका छन् । बुधबारको विवाह गिन्नीको घर जालन्धरमा भएको छ । यसपश्चात आज कपिलको घर अमृतसरमा विवाह हुनेछ । कपिल शर्माले आफ्नो घर अमृतसरमा डिसेम्बर १४ मा रिसेप्सन पार्टीको आयोजना गर्नेछन् । यस रिसेप्सनमा कपिलका आफन्तजन र नजिकका साथीहरु सहभागी हुनेछन । यस्तै डिसेम्बर २४ मा मुम्बईमा कपिलले भव्य रिसेप्शन राख्नेछन, जहाँ बलिउड स्टारहरु पनि सहभागी हुनेछन् ।

यस्तो थियो कपिल र गिन्नीको पहिलो भेट 

एक पत्रिकामा दिएको अन्तर्वार्तामा कपिलले भनेका थिए कि उनी खर्च जुटाउन थिएटरको निर्देशन गर्थे । यसका लागि उनी अलग-अलग कलेज गएर अडिशन लिने गर्थे । यही अडिशनका क्रममा कपिल शर्माको भेट गिन्नीसँग भएको थियो । गिन्नीको कामबाट आफू प्रभावित भएको कपिलले बताएका थिए ।

त्यो बेला गिन्नी रिहर्सलका क्रममा कपिलका लागि घरबाट खाना ल्याएर आउने गर्थिन् । अभिनेत्री बन्ने सपना देखेकी गिन्नी चतरथले २००९ मा स्टारवनको स्टैण्ड अप कमेडी कार्यक्रमका क्रममा ‘हँस बलिए’ मा भाग लिएकी थिइन् जसको हिस्सा कपिल शर्मा पनि थिए ।

उक्त शो पछि गिन्नीलाई पन्जाबी फिल्म र टेलिभिजनमा अफर आयो तर उनले अभिनयभन्दा टाढा रहने फैसला गरिन् ।
फाइनान्समा एमबीए गरेकी गिन्नीले बुवाको व्यवसायलाई अगाडि बढाउने निर्णय गरिन् ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्