Logo
६ बैशाख २०८१, बिहीबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुवाले शौचालय नबनाइदिएको भन्दै ७ वर्षीया छोरीले गरिन् प्रहरीमा उजुरी (पत्र-सहित)

एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी छन् । प्रहरीलाई पत्र लेख्दै हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बुवालाई पक्राउ गर्न आग्रह गरेकी हुन् । हनिफाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको पनि बताएकी छन् ।

यो घटना भने भारतको हो भारतमा अझै धेरै घरमा शौचालय छैन र संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय खुल्ला ठाउँमा शौच गर्छन् ।  कतिपयको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगरेको पाइन्छ । दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा बुवाआमासँगै बस्दै आएकी हनिफाको घरमा कहिल्यै शौचालय भएन ।

हनिफाको पत्र
हनिफाले आफ्नो छिमेकमा केहीको घरमा मात्रै शौचालय भएको बताएकी छन्। हनिफाका अनुसार उनी नर्सरी कक्षामा पढिरहेको बेला आफ्ना बुवालाई घरमा शौचालय बनाइदिन आग्रह गरेकी थिइन् । प्रहरीलाई लेखेको पत्रमा हनिफाले कक्षामा उत्कृष्ट भएपछि आफ्ना बुवाले घरमा शौचालय बनाइदिने वाचा गरेको उल्लेख गरेकी छन् ।

पत्रमा उनले लेखेकी छन्, ‘नर्सरीदेखि नै म कक्षामा उत्कृष्ट हुँदै आएकी छु र अहिले म दुई कक्षामा पढ्छु। मेरा बुवाले अहिले पनि शौचालय बनाइदिन्छु भनिरहनुभएको छ। यो एक किसिमको धोका हो। त्यसैले उहाँलाई पक्राउ गरियोस् ।’ बिबिसी

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्