Logo
७ बैशाख २०८१, शुक्रबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वअर्थमन्त्री रामशरण महतको दृष्टिकोणमा ओली सरकारको नौ महीना कस्तो ?

मुलुकमा संविधान जारी पछि पहिलो पटक दुई तिहाईको सरकार बन्नु सकारात्मक हो । मुलुकले स्थीर सरकार पाएको छ । यो राम्रो पक्ष हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नौ महीना हर्दा कुनै नौलो मान्नुपर्ने केही छैन । सरकारले चाहने हो भने धेरै काम गर्न सक्थ्यो ।

तर सरकार काम गर्न भन्दापनि प्रचारमुखी एवं फजुल खर्च गर्नमै तल्लिन भएको देखिन्छ । सरकारको गतिविधी हेर्दा विशिष्ट पाहुनालाई राख्ने गेष्ट हाउस निर्माण गर्ने निर्णयले फजुल खर्च बढाउने हो । गेष्ट हाउस निर्माण र त्यसलाई ‘मेन्टेन’ गर्ने खर्च तारे होटलमा राख्दाको भन्दा बढी हुन्छ ।

विश्वमा गेष्ट हाउस विकसित मुलुकहरुमा पनि छैन, केही सिमित मुलुकहरुमा मात्रै यसको प्रयोग छ । सरकारले हाल गरिरहेका निर्णयहरु योजनाविना गरिरहेको छ । यसले व्ययभार बढाएको छ ।

सांसदका लागि भैंसेपाटीमा जाग्गा खरिद भएको थियो । त्यो जग्गामा मन्त्री क्वाटर लाने भनिएको छ । तर सांसद आवासका लागि जग्गा कहाँ जोहो गरियो ?

यो सरकार निर्माण भएपछि तिब्र रुपले सेयर बजार घटिरहेको छ । सेयर बजार लगातार रुपमा घट्नु अर्थतन्त्रका लागि नकारात्मक सूचक हो । सरकार निर्माण भएको नौ महिनासम्म निरन्तर ३०० अंकले घट्नु नराम्रो संकेत हो ।

सेयरबजार भनेको देशको अर्थतन्त्रको ‘पल्स’ हो । यसले अर्थतन्त्र कस्तो छ भनेर अन्तर्राष्ट्रिय जगतमा समेत इन्डिकेटर दिन्छ । राज्य हाँक्नेले यसलाई वेवास्ता गरिरहेका छन । यो गलत हो ।

पद सुहाउँदो जनशक्तिको अभाव, सुशासनको अभाव, जिम्मेवारी र रकमको बाँडफाँडमा समस्या, फजुल खर्च गर्ने प्रवृत्ति, धेरै राजनीतिक पद लगायतका कारण मुलुकमा वर्तमान सरकारबाट आशावादी अवस्था छैन ।

अहिले सरकारले प्रचार गरेको सामाजिक सुरक्षा कोषको योजना १०/१२ वर्षदेखि गृहकार्य सुरु भएको हो । यसको कार्यान्वयन पश्चात् सरकारले गरेको प्रचारलाई फजुल खर्च हो ।

त्यसर्थ सरकार यस्ता फजुल खर्च प्रचारमुखी काममा भन्दा पनि सहि रुपमा योजनाबद्ध तरिकाले मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्छ ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्