Logo
७ बैशाख २०८१, शुक्रबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनतान्त्रिक तराई मुक्ति मोर्चाले हतियार बिसायो

राजविराज : जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) वाट विद्रोह गरी ११ जना केन्द्रिय सदस्यले वुधवार सप्तरीमा हतियार वुझाएका छन् ।

उपेन्द्र यादवको नेतृत्वमा नथुरी यादव (प्रदिप), रामउद्गार साह (रोशन), योगेन्द्र यादव (कमल), भवानी प्रसाद मगरीया यादव (भगतसिंह), वद्री यादव,लगायतले हतियार वुझाएका हुन् । मोर्चाका नेताहरुसँग सरकारी वार्ता टोलीले ६ वुँदे सहमति गरेको छ ।

राजनितिक वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले मोर्चासँग भएको सहमती अनुसार सरकारवादी मुद्दा फिर्ता लिने, जेलमा रहेकाको रिहाई गर्ने, मधेशी युवाहरुलाई सेना÷प्रहरीमा भर्तीको अवसर मिलाउने, मोर्चाका कार्यकर्तालाई जिविकाका लागि रोजगारीको अवसरलगायतका मागमा छलफल गरी सहमति तयार भएको जानकारी दिए ।

उनीहरुले सानो नलकटुवा पेस्तोल १० थान, लामो नलकटुवा पेस्तोल १ थान, कटुवा १ थान, डिटोनेटर १ थान गरी जम्मा १३ थान हतियार वुझाएको उनले जानकारी दिए ।

मोर्चाका १५ जना केन्द्रिय सदस्यको वैठक वसेर सरकारसँग वार्ता गर्ने सहमति भएपनि संयोजक गोईतले वर्ता नगर्ने अडान लिएपछि आफूहरुले गत जेठ २ गते विद्रोह गरेर छुट्टै मोर्चा वनाएको र सोही समुहमार्फत हतियार वुझाएको उनले दाबी गरे ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्