Logo
८ बैशाख २०८१, शनिबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शोसल मिडियामा Live गर्दै कमेडियन कपिल शर्माले गरे विवाह (हेर्नुस् तस्बिरहरु)

भारतका चर्चित कमेडियन कपिल शर्मा वैवाहिक सम्बन्धमा बाधिएका छन् । हिजो अर्था डिसेम्बर १२ मा उनले विवाह गरेका हुन् ।

उनी पहिलो सेलीब्रेटी पनि सावित भए जो आफ्नो विवाहको प्रत्येक कार्यक्रमहरु एकसाथ लाइभ गरे । उनलेे आफ्नो युटुब च्यानलबाट विवाहको लाईभ गरे भने आफ्नो इन्स्ट्राग्राममा सबै फोटोहरु पनि सेयर गरेका छन् ।

लामो समयदेखीको आफ्नी प्रेकिका गिन्नी चतरथका साथ भारतको पञ्जाबमा लगनगाँठो कसेका हुन् ।  गिन्नी उनका प्रोग्राम प्रोड्युसर समेत हुन् । कपिल शर्मा शोको सबै स्कृप्ट र कन्सेप्ट गिन्नीकै हुने गरेको थियो ।

विवाहका लागि कपिल शर्माका साथीहरु तथा हास्यकलाकार कृष्णा अभिषेक, सुमोना चक्रवर्ती, राजीव ठाकुर र गायिका ऋचा शर्मालगायत ‘द कपिल शर्मा शो’का सम्पूर्ण सदस्य पञ्जाब पुगेका छन ।

यसअघि दीपिका पादुकोण र रणवीर सिंह तथा प्रियंका चोपडा र निक जोनसकै शैलीमा कपिल र गिन्नीले पनि २ वटा परम्परा अनुसार विवाह गरेका हुन् । उनिहरुले शिख र हिन्दु परम्परा अनुसार बिवाहा गरेका हुन् ।

बुधबार हिन्दू परम्पराअनुसार विवाह गरेका छन् भने त्यसपछि शिख परम्परामा विवाह गरेका छन् । बुधबारको विवाह गिन्नीको घर जालन्धरमा भएको छ । यसपश्चात आज कपिलको घर अमृतसरमा विवाह हुनेछ ।

कपिल शर्माले आफ्नो घर अमृतसरमा डिसेम्बर १४ मा रिसेप्सन पार्टीको आयोजना गर्नेछन् । यस रिसेप्सनमा कपिलका आफन्तजन र नजिकका साथीहरु सहभागी हुनेछन ।

यस्तै डिसेम्बर २४ मा मुम्बईमा कपिलले भव्य रिसेप्शन राख्नेछन, जहाँ बलिउड स्टारहरु पनि  सहभागी हुनेछन् ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्