Logo
१२ बैशाख २०८१, बुधबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोराको बिहे गराई दुलही लिएर फर्किंदै गरेका बुबाआमासहित ६ जनाको मृत्यु

दाङ : निकै उमंगका साथ छोराको विवाह गराएर घर फर्किदै गर्दा एक परिवारका ६ जनाको ज्यान गएको छ । बस र जीप ठोक्किँदा दाङमा ६ जनाको ज्यान गएको हो ।

चितवनको गितानगरबाट बुहारी लिएर फर्किंदै गरेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षका मानबहादुर केसी, उहाँकी श्रीमती ४५ वर्षकी विमला खत्रीसहित अन्य ६ जनाको ज्यान गएको हो ।

छोराको बिहे गरी दुलही लिएर फर्किंदै गरेका बेला उहाँहरु चढेको स्कर्पियो जीप र बस ठोकिएको हो ।

दुर्घटनामा ४९ वर्षका विश्वनाथ अधिकारी, ५ वर्षका प्रविण केसी, ३१ वर्षका दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ का ७८ वर्षका दत्तबहादुर खत्रीको पनि ज्यान गएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

चितवनको गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किँदा जीपमा रहेका ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी ४५ वर्षकी गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको कोहलपुर उपचार भैरहेको छ । दुलहा र दुलही भने अर्को जीपमा रहेका सुरक्षीत रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्