Logo
१३ बैशाख २०८१, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाग-टोपी लगाँउदै मुख्यमन्त्री योगीले भने-‘सीता-रामको जीवन सभ्यताको अभिन्न अङ्ग हो’

जनकपुरधाम : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको बताएका छन् ।

सीताराम विवाह महोत्सवका अवसरमा आज जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनापछि आगन्तुक पुस्तिकामा सो कुरा लेख्दै उनले सीतारामले पालना गरेको आदर्श र मूल्य सार्वभौम भएकाले पे्ररणा प्रदान गरिरहेको उल्लेख गरे ।

उनले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पूजा अर्चना र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्न पाएकामा खुसी व्यक्त गरे ।

मुख्यमन्त्री योगीले आफू र प्रतिनिधिमण्डलको स्वागतका लागि नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिँदै भारत सरकार र जनताकातर्फबाट सुख तथा समृद्धिको कामना गरेका छन् ।

विषेश समारोहबीच आयोजकले उनलाई स्थानीय संस्कृतिक पाग-टोपी लगाएर अभिनन्दन गरेका थिए । झण्डै ६ घण्टाको जनकपुर बसाईपछि उनी स्वदेस फर्केका छन् ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्