Logo
१२ बैशाख २०८१, बुधबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुल्यो रहस्य : फोरमका नेता यादवकै योजनामा बालकको अपहरण

झापामा एकजना स्थानीय नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारतको विहार, सुपौलका मोहम्मद सद्दामका ७ वर्षीय छोरा महफुज आलम अपहरणमा संलग्न गौरीगन्जका ४७ वर्षीय बद्री यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

२० गते हराएका ७ वर्षीय बालक महफुज आलम  नेपालमा बन्धक बनाएर राखिएको २४ गते साँझ सूचना पाएपछि २४ घन्टा वित्न नपाउँदै बुधबार अवेर प्रहरीले उद्दार गरेको छ । बालक अपहरणकाे घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

पक्राउ परेका यादव संघीय समाजवादी फोरम नेपालका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा झापा, गौरीगन्ज गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बनेका थिए । त्यसअघि, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेवार बनेका थिए ।

उनै यादवको योजना र संलग्नतामा गौरीगन्ज–४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अन्जुदेवी मुखियाले ७ वर्षीय बालक आलमलाई अपहरण गरेका थिए । प्रहरीकाअनुसार भारतको सुपोल जिल्लाबाट मोहमद सद्दामका छोरा महफुज २० गते अपहरणमा परेका थिए ।मोटरसाइकलमा आएका दुईजनाले खेलिरहेका महफुजलाई बिस्कुट दिएर फकाउँदै नेपाल ल्याएको प्रहरीले जनाएको छ ।

अपहरण गरी बालकलाई उनीहरुले झापाको गौरीगन्ज हुँदै नेपाल ल्याइएको थियो । प्रहरीले झापाको दमक नगरपालिका वडा नम्बर–५, गोर्खाली टोलस्थित देउराली होटलमा मंगलबार (हिजो) बन्धक बनाएर राखिएको अवस्थामा बालकको उद्धार गरेको थियो । बालकको फिरौताबापत १५ लाख भारतीय रुपैयाँ अपहरणकारीले मागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न तीनैजनालाई बुधबार जिल्ला प्रहरी कार्यालय भद्रपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

झापा, मंसिर २६ । झापामा एकजना स्थानीय नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारतको विहार, सुपौलका मोहम्मद सद्दामका ७ वर्षीय छोरा महफुज आलम अपहरणमा संलग्न गौरीगन्जका ४७ वर्षीय बद्री यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

पक्राउ परेका यादव संघीय समाजवादी फोरम नेपालका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा झापा, गौरीगन्ज गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बनेका थिए । त्यसअघि, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेवार बनेका थिए ।

उनै यादवको योजना र संलग्नतामा गौरीगन्ज–४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अन्जुदेवी मुखियाले ७ वर्षीय बालक आलमलाई अपहरण गरेका थिए । प्रहरीकाअनुसार भारतको सुपोल जिल्लाबाट मोहमद सद्दामका छोरा महफुज २० गते अपहरणमा परेका थिए ।मोटरसाइकलमा आएका दुईजनाले खेलिरहेका महफुजलाई बिस्कुट दिएर फकाउँदै नेपाल ल्याएको प्रहरीले जनाएको छ । अपहरण गरी बालकलाई उनीहरुले झापाको गौरीगन्ज हुँदै नेपाल ल्याइएको थियो ।

प्रहरीले झापाको दमक नगरपालिका वडा नम्बर–५, गोर्खाली टोलस्थित देउराली होटलमा मंगलबार (हिजो) बन्धक बनाएर राखिएको अवस्थामा बालकको उद्धार गरेको थियो ।

बालकको फिरौताबापत १५ लाख भारतीय रुपैयाँ अपहरणकारीले मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न तीनैजनालाई बुधबार जिल्ला प्रहरी कार्यालय भद्रपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्