Logo
१३ बैशाख २०८१, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोजकले नबोलाएपछि टेलिफोनबाटै पुर्वराजा शाहले गरे योगीलाई स्वागत, यस्तो छ सम्वन्ध

जनकपुर : उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहले उनलाई स्वागत गरेका छन् । नीजि हवाइजहाजबाट आदित्यनाथ जनकपुर एयरपोर्ट ओर्लिएलगत्तै पुर्वराजा शाहले टेलिफोन गरेका थिए ।

पुर्वराजा ज्ञानेन्द्रले उनलाई फोनबाटै नेपालमा स्वागत गरेका थिए । करिव ५ मिनेट भएको टेलिफोन वार्तामा आदित्यनाथले नेपालमा अधिकाँश हिन्दू धर्माबलम्वी भएको र यो हिन्दू राज्य नैं हो भन्दै आफु हिन्दु परम्परा अनुसार नैं जानकी मन्दीरमा पूजाआजा गर्न उपस्थित भएको उध्रित गर्दै एक नेताले बताए । पुर्वराजा शाहलाई भने आयोजकले बोलाएका थिएनन् ।

यस्तो छ पूर्वराजासँग योगी आदित्यनाथको सम्वन्ध

मुख्यमन्त्री आदित्यनाथको नेपालका हिन्दू धर्माबलम्बी र पूर्वराजपरिवारसँग निकै निकटतमको सम्बन्ध रहेको छ । नेपालको जनआन्दोलनले निरंकुश राजतन्त्र हटाएर संघीय लोकतान्त्रीक गणतान्त्र स्थापना गर्दै नयाँ संविधानले समेत नेपालबाट राजतन्त्र अन्त्य भएपनि मुख्यमन्त्री आदित्यनाथले उनलाई राजाकै रुपमा मान्दै आएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सन् २०१६ को अक्टोबरमा आयोजना गरेको विराट हिन्दू महासम्मेलनमा पनि योगी आदित्यनाथलाई बोलाएका थिए । उनी सन् २०१४ मा गोरखनाथ मठका महन्थ हुनुभन्दा अघिका महन्थ अवैद्यनाथसँग पनि नेपालको तत्कालीन राजपरिवारको राम्रो सम्बन्ध रहेको थियो ।

पछिल्लो पटक सन् २०१८ को जनवरी महिनाको पहिलो साता नेपालका पूर्वराजा ज्ञानेन्द्रले लखनउ स्थित मुख्यमन्त्रीको सरकारी निवासमा उनलाई भेटेका थिए । पूर्वराजासँगको भेटघाटमा योगी आदित्यनाथले ज्ञानेन्द्र शाहलाई निकै भब्य तरिकाबाट स्वागत गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तराधिकारी तथा निकै विश्वास पात्र मानिने योगी आदित्यनाथसँगको आफ्नो सम्बन्धलाई पुर्वराजा शाहले भारतको संस्थापन पक्षसँग सम्पर्कको महत्वपूर्ण माध्यमका रुपमा प्रयोग गर्दैआएको बताइएको छ ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्